Thursday, July 14, 2016

मे के गर्दै छु?

म पनि छु, यो अस्तित्वमा
कैले काहीं अचम्म लाग्छ,
म पनि छु?
तिमी छौ, ऊ छ, तिनीहरु छन्
हुँदा-हुँदा, ऊ पनि छे!
उहाँहरु त हुँदै हुनुहुन्छ...
सबै ठिक छ...
तर म पनि छु!
सबै कति गम्भीर छन्,
सबै सोची-सोची पाइला चाल्दै छन्
सबै ठोस् कारणले चल्दैछन्
सबै कति गम्भीर भई जीवन बाँच्दैछन्...
सबै बाँच्नलाई ‘कारण’ लाई आधार बनाउँछन्..
सबै यो सृष्टिमा सुन्दरता देख्छन्, गम्भीरता देख्छन्
सबै पर्फेक्ट हुन खोज्छन्,
उनीहरु सृष्टिमा पर्फेक्सन देख्छन्
समयलाई महत्वपूर्ण मान्छन्
आफैँलाई बडो मूल्यवान बनाउँछन्।
तर ए सबै! यहाँ म पनि छु!
यदि सृष्टि पर्फेक्ट थियो भने,
यदि सृष्टिकर्ता गम्भीर प्रवृत्तिको थियो भने,
मेरो अस्तित्व हुने नै थिएन!

No comments:

Post a Comment