Sunday, October 9, 2016

रात

रात,
वृद्धावस्था झैँ
अन्तिम प्रहर
एउटा अन्त्यको समीप
यहाँ कसैलाई केही प्रमाणित गर्नु छैन
(यदि त्यो कसैमा अलिकति भए पनि समझ छ भने)
दिनभरको भागदौडबाट विश्रामको समय
दिनभरका कार्यका मनन गर्ने समय।
सपना देख्ने समय
अर्को दिनको तयारी गराउने समय,
अर्को यात्राको निम्ती तयार हुने समय
 आधार बोध गराउने समय।
जहाँ,
एक्लोपनामा लाज हुँदैन
एक्लोपना नै सारको ताज हुन्छ
एक्लोपनाले नै सपना सम्भव बनाउँछ।
त्यै पनि किन हो,
कोही लागि परेछन् रातलाई दिन बनाउन
बेकूफहरु!

No comments:

Post a Comment